
मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव |
जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ||
तपाईं हामी जो कोही संसारको जुनसुकै कुनामा रहे तापनि आफ्नै जन्मभूमि अति नै प्यारो लाग्छ । अझ त आफूले जन्मभूमि एउटा खुसीको सानै भएतापनि घर भइदिए होस् । बस् यतिमा नै हामी स्वर्गको अनुभव गर्न सकिन्छ। आम नेपाली हामी दाजुभाइ दिदीबहिनी अरुको भूमिमा पसिनाले बगाउन जानुको मुख्य कारणमध्ये आफ्नो जन्मभूमिमा एउटा घर बनाउन सकियोस् भन्ने हो। हामी जोकोहीसँग जोडिएको सपना पनि एउटा सुन्दर घर हो। हामी एउटा जिम्मेवार निर्माण कम्पनी भएको नाताले हाम्रो एउटा चाहना मात्र हो यसरी अरूको भूमिमा बगाएको पसिना आफ्नै जन्मभूमिमा सही सदुपयोग होस् र तपाईंले बनाएको एउटा घर कम्तीमा पनि दुई तीन पुस्तासम्म होस् ताकी एउटा घर का निम्ति आफ्नो सन्तानले फेरि पनि अरूको भूमिमा तपाई जस्तै पसिना बगाउन बाध्य नहोस। तपाई जस्तै तपाईंको सन्तानको दिमाग भरी एउटा घरको मात्र कल्पना नहोस। उसको दिमागमा घर बाहेक सिर्जनशील क्रियाकलाप र उचित योजनामा अगाडि बढाई समाजलाई र राष्ट्रलाई विकसित पुर्याउन मद्दत गरोस्। यि सब कारणको निचोडमा पुगी हामी तपाईंको पसिनाको उचित मूल्यांकन गर्दै पूर्ण जिम्मेवारीका साथ तपाईंको सपनाको घर साकार गर्न पूर्ण प्रतिवद्ध छौं । तल उल्लेखित केही बुदाहरु छन् जसले तपाई र हामी कसरी एउटा घरलाई पूर्ण सम्पन्न सम्म पुर्याउन सकिन्छ भनेर उल्लेख गरेका छौं ।
- जग्गाको नाप लिन लगाउनुहोस् ।
सर्वप्रथम हामीलाई सम्पर्क गर्नुहोस् र तपाईँका आफन्तसँग सहयोग मान्नुहोस्। हामीलाई तपाईंको जग्गा सम्म पुर्याई दिने दिन अनुरोध गर्नुहोस्। हामीलाई सहयोग गर्ने गर्न इच्छुक भएका तपाईंलाईको आफन्तको समय मिलाएर हामी तपाईंको जग्गामा पुगी जग्गाको नाप लिनेछौं। त्यहाँको वरपरको वातावरण ले हामीलाई डिजाइन गर्न समेत मद्दत गर्नेछ। यदि तपाईंसँग पहिला नै जग्गाको नापसकेको छ भने उक्त नापेको नाप इमेल गरिदिनुहोस्। त्यसका साथसाथै लालपुर्जा पनि छ भने त्यो पनि इमेल गर्नुहोस।
2. घरमा तपाईं हो आवश्यकता के छ भन्नुहोस।
घर बनाउँदाको मुख्य आवश्यकता भनेको तपाईंको तपाइँको आवश्यकता सोध्नु एउटा राम्रो डिजाइनको काम हो तर नेपालमा यो प्रक्रिया एकदम कम हुन्छ। यदि कुनै डिजाइनले सोधे ठिकै छ तर नसोधेको खण्डमा तपाई आफै बताउनुहोस्। जस्तो कि तपाईंको पारिवारिक सदस्यहरुको संख्या, बार्षिक खर्च तथा कमाइ, नेपाल अस्थायी बसाइको र स्थायी बसाइको योजना, स्थायी बसोबास पछि तपाईंले बनाएको व्यवसायिक योजना पनि छ भने भन्न सक्नुहुन्छ। यसले के गर्छ जस्तो लाग्छ तर डिजाइनरलाई खुल्ला भई डिजाइन गर्न मदत मिल्छ। घरमा कति लगानी गर्ने र भित्री सजावटलाई कसरी र कति सम्मको खर्च गर्ने भन्नेबारे छलफल गर्न नबिर्सिनुहोस्। कोठाको आकार, घरको तल्लाको बारेमा पनि भन्नुहोस् तर गुगलमा तपाईंले मन पराएको डिजाईन कदापि नपठाउनुहोस्। यसले डिजाईनरलाई आफ्नो कला प्रस्तुत गर्ने मौका गुम्छ।के थहाँ तपाईले मन पराएकाे डिजाईन डिजाईनरले स्वयंले डिजाईन गरेको राम्रो पनि हुनसक्छ ।
3. नक्सामा व्यापक छलफल गर्नुहोस् ।
जति सक्नुहुन्छ नक्सामा छलफल गर्नुहोस्। प्रश्न सोध्नुहोस् र तपाईंले चित्त नबुझे सम्म संशोधन गर्न लगाउनुहोस् किनकि तपाईंको घर तपाईलाई चित्त बुझाउनै पर्ने हुन्छ। नक्सा बनाउँदाको महत्वपूर्ण र जटिल चरण पनि यही हो। नक्सा संशोधन गर्न पैसा लाग्दैन तर घर बनाउँदा एउटा भित्ता मात्रै परिवर्तन गर्नुपर्यो भने बिना कारण आर्थिक भार लाग्नेछ। Plan मा छलफल सकिएपछि Elevation बनाउन लगाउनुहोस्। ढल तथा झ्याल ढोकाको बारेमा पनि छलफल गर्नुहोस्। घर र बाटोबाट घरको उचाइ को बारेमा छलफल गर्नुहोस्। डिजाईनर सँग भएका सबै छलफललाई तपाईं पनि एउटा नोट बनाएर राख्नुहोस्।
छलफल भएका हरेक कुरा नक्सामा कसरी समावेश गर्न सकिन्छ र छलफलका विषयहरु नक्सामा उल्लेख गर्न सकिन्छ त्यो पनि डिजाईनरबाट मद्दत लिनुहोस्।
तपाइको घर डिजाइन गर्दै गर्दा राम्रो समय दिएर छलफल नगर्ने, संशोधन गर्न झन्झट मान्ने, सिर्जनशील भएर काम नगर्ने जस्तो केही लाग्यो भने डिजाईनर परिवर्तन गर्ने कि भन्नेबारे सोच्नुहोस् । यदि यस्तो हो भने डिजाइनर परिवर्तन गरी सुरुवातबाट काम थालनी गर्नुहोस्। एक-दुई जना डिजाईनर परिवर्तन गरेर तपाईंको घर राम्रो बन्छ भने पुरानो डिजाईनरको पारिश्रमिक दिई डिजाईनर परिवर्तन गर्नुहोस्। तपाईलाई हालको डिजाईनर नै सहज र राम्रो भईरहेको छ भने सोहि डिजाईनरबाट काम अगाडी बढाउनुहोस् ।
4. इजाजत, लागत अनुमान तथा सम्झौता तयार पार्न भन्नुहोस ।
घरको नक्सा पूर्णरूपमा बनिसकेपछि सरकारी निकायबाट लिने इजाजत लिन लगाउनुहोस् । लागत अनुमान पनि तयार पार्न भन्नुहोस। लागत अनुमान का साथसाथै तपाईं र कम्पनीमा माझ हुने सम्झौता पनि तयार बनाउन लगाइ आफै पनि अध्ययन गर्नुहोस्। सकेसम्म text भन्दा voice बाट कुरा गर्नुहोस।। किनकि बोलीचाली बाट तपाई कस्तो ब्यक्ती हो भनेर चिन्न सहज हुने छ। बिल्कुल हतार नगर्नुहोस।। लागत अनुमान(BOQ)मा नबुझेको कुरालाई बुझ्नुहोस्। यस सबभन्दा महत्वपूर्ण कुरा के छ भने घरमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर तथा ब्राण्डको पक्का गर्नुहोस्। तथा भुक्तानी प्रक्रिया र बिल भुक्तानीको समय राम्रोसँग बुझाउनुहोस् र यस सम्बन्धी छलफल गर्नुहोस् साथै एउटा निर्णयमा कम्पनी र तपाईं पुग्नुहोस्। सम्झौता गर्न तयार हुनुहोस्।
5. निर्माण सुरुवात र नियमित मा ध्यान दिनुहोस्।
निर्माण सुरुवात गर्न अनुमति दिनुहोस् । डिजाइन गर्दाको सबै फाइल राम्रोसँग हेर्दै कहाँको काम कसरी भइराखेको छ त्यसको अवस्थाको हरेक फोटो पठाउन भन्नुहोस। सानो-सानो भिडियो पनि इमेल गर्न भन्नुहोस्। नक्सा,लागत अनुमान(BOQ)र निर्माण भइरहेको अवस्था कुन चरणमा छ राम्रोसँग बुझ्नुहोस् र नजानेको कुरामा प्रश्न गर्नुहोस। हाल निर्माण भइरहेको अवस्थाबाट अर्को कस्तो र कुन अवस्था आउँछ त्यो सोध्नुहोस्। उक्त आएको अवस्थालाई पुग्ने र नयाँ चाहिने निर्माण सामग्री के कस्तो अवस्थामा छ त्योपनि हेर्नुहोस र बुझ्नुहोस। तपाईंको कोही तपाईंको घर बनाएको घरमा आफन्त जान इच्छुक हुनुहुन्छ भने कम्पनीलाई थाहै नदिई अपर्झट पठाउनुहोस् । जानु भएको आफन्तसँग पनि फोटो र भिडियो पठाउन लगाउनुहोस्। पानी हाल्ने काम नियमित गर्न लगाउनुहोस्। निर्माण सामग्रीको सुरक्षाको बारेमा पनि सोध्नुहोस्। मौखिक रुपमा तपाइले भनेर हुने सहयोगमा सधै अगाडी बढ्नुहोस। हामी त भन्दैछौं तपाईं स्वयंलाई “Quality Control Engineer” हुने स्थानमा हुनुहोस र एउटा सफल र रचनात्मक निर्माणमा सहयोग गर्नुहोस्।
अन्तमा निर्माण कम्पनीलाई विश्वास गर्नुहोस् तर पूर्ण विश्वास नगर्नुहोस्। भुक्तानीको को हिसाबकिताब तपाईपनि राख्नुहोस् र हरेक कारोवार बैंकबाट मात्र गर्नुहोस्। एउटा सफल योजनामा घर निर्माण गर्न तपाईंले पैसा दिएर मात्र हुन्छ भन्ने विचार त्याग्नुहोस् र स्वयं पनि जागरण हुनुहोस र मात्र तपाईंको विदेशको पसिनाको कमाई राम्रो ठाउँमा प्रयोग हुनेछ।
सबैको जय होस धन्यवाद !!!
I relish, cause I found exactly what I used to be taking a look for. You have ended my four day long hunt! God Bless you man. Have a great day. Bye Wileen Felike Solana
Thankyou for your comment .
I blog quite often and I truly appreciate your information. Your article has truly peaked my interest.
I’m going to bookmark your blog and keep checking for new details about once a week.
I opted in for your RSS feed too.